दरबार हत्याकाण्डको १८ वर्ष : कसले गर्‍यो राजा वीरेन्द्रको वंश नाश? « Khabarhub

दरबार हत्याकाण्डको १८ वर्ष : कसले गर्‍यो राजा वीरेन्द्रको वंश नाश?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड १८ वर्ष पुग्दा पनि त्यससँग जोडिएका थुप्रै घटनाक्रम ‘रहस्यमय’ नै बनेका छन् ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाएको यो कहाली लाग्दो घटनामा कसको हात थियो भन्ने विषय अझै अन्यौलमा छ । तत्काली युवराज दीपेन्द्रले आफ्नै परिवारमा गोलि चलाएको घटनाको अध्ययन गर्न बनेको तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको २ सदस्यीय टोलीले तयार पारेको अध्ययन प्रतिवेदनको निश्कर्ष भए पनि आम नेपाली जनता दीपेन्द्रले घटना घटाएको भन्ने विषय पत्याउँदैनन् । त्यसैले पनि यो घटना अझै रहस्यमय बन्दै गएको छ ।

समाजमा हत्याकाण्डका जुनसुकै घटना घटेपनि आम सर्वसाधारणले पीडितले न्याय पाउने विषयलाई दरबार हत्याकाण्डसँगै जोड्ने गरेका छन् । राजाको परिवारले न्याय नपाएको देश भन्ने टिक्का टिप्पणीले सामाजिक सञ्जालमा स्थान पाउने गरेको छ । अहिले पनि धेरैको माग दरबार हत्याकाण्डबारे निष्पक्ष छानविन होस भन्ने नै छ ।

दरबार हत्याकाण्डको प्रशंग जोडिएर धेरै पुस्तक प्रकाशन भएपनि त्यहाँ पनि अनुमानकै कुराबाहेक अन्य तथ्य सार्वजनिक हुन सकेको छैन । यदी दीपेन्द्रले नै गोली चलाएको भए कस्को उक्साहटमा परिवार सखाव हुनेगरी गोली प्रहार गरे । दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले किन नियन्त्रणको प्रयास गरेनन् ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? लगायतका जिज्ञाशाको उत्तर अझै आउन सकेको छैन ।

घटना भएको स्थल त्रिभुवन सदनलाई २०६१ सालमा भत्काइको छ । हत्याकाण्डमा प्रयोग भएको हतियार भने नेपाली सेनासँग सुरक्षित छ । दरबार हत्याकाण्डसम्बन्धी पुस्तक लेखेका इतिहासविद् प्रा.डा. राजकुमार पोखरेलले घटनास्थल नष्ट गर्नुलाई शङ्काको दृष्टिकोणले हेरिनुपर्ने तर्क गर्छन् ।

२०५८ साल जेठ १९ गते शुक्रबार राति सवा नौ बजे घटना भएको थियो । घटनामा परेका मृतक तथा घाइते राजपरिवारका सदस्यलाई छाउनी अस्पतालसम्म लगिएको थियो । दरबार हत्याकाण्डपछि राजा घोषणा भएका युवराज दीपेन्द्रको पनि हत्याकाण्डको तेस्रो दिन मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : १७ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय