‘पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ’ « Khabarhub

‘पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्छ’


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाए । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उनको भनाइ थियो ।

अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराए । अर्का नेता प्रदीप गिरीले एकजुट भएर कांग्रेसलाई अघि बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : ४६ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश