नेपाली टोली ११ वर्ष पछि मलेसियासँग खेल्दै « Khabarhub

नेपाली टोली ११ वर्ष पछि मलेसियासँग खेल्दै


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बुरीत जालिल राष्ट्रिय मैदानमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । फिफा वरियतामा मलेसियाभन्दा माथि रहेको नेपाली टोलीका खेलाडी लामो समयपछि मलेसियासँग खेल्दैछन् ।

२ मैत्रिपूर्ण खेलका लागि विदेशीएको नेपाली टोलीले मलेसियामाथि जीत निकाल्दै राम्रो शुरुवात गर्ने लक्ष्य बनाएको छ ।

नेपाल र मलेसियाबीच अहिलेसम्म मात्रै ६ पटक भेट भएको छ । जसमा नेपालले ५ खेल गुमाउँदा एक खेल बराबरी खेलेको छ । सन् १९८३ मा भएको पहिलो भेटमा नेपाल ७–० ले पराजित भएको थियो भने १९८५ मा भएको दोस्रो भेटमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै १९८५ मा नै भएको दोस्रो खेलमा नेपाल ५-० ले पराजित हुँदा १९८९ मा २-० को अन्तरले पराजित भएको थियो । १९८९ मा नै भएको दोस्रो भेटमा नेपाल ३–० ले पराजित हँदा पछिल्लो पटक २००८ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल ४-० ले पराजित भएको थियो ।

अन्तिम पटक नेपाली राष्ट्रिय टोलीले मलेसियासँग सन् २००८ मा खेलेको थियो । तत्कालीन खेलाडी अहिलेको नेपाली टोलीमा नरहेकाले मलेसिया नेपाली खेलाडीका लागि नयाँ प्रतिद्वन्दी हो । खेल अगाडिको प्री म्याच कन्फ्रेरेसनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियालाई चुनौति दिने बताएका छन् ।

‘मलेसियासँग खेल्न तयार छौँ,’ कालिनले भने  ‘मलेसियन टिम नेपालभन्दा बलियो छ । हामी राम्रो फुटबल खेल्दै जित्नको लागि खेल्नेछौँ ।’

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार पारेका छन् ।

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा छ । फिफा वरियतामा नेपाल माथि देखिएपनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो । मलेसिया जानु अघि नेपाली टोलीका कप्तान विराज महर्जनले उमेर समूहमा हामीले मलेसियासँग खेलेको भएपनि लामो समयदेखि सिनीयर टोलीसँग नखेको बताउँदै मैत्रीपूर्ण खेलमा राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने बताएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : ५५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको