छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ « Khabarhub

छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ


१९ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् ।

उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते कामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका विकलाई सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत १८६ बमोजिम ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ३ : ३९ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित