सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई– जनताको माग स्वास्थ्य र शिक्षा « Khabarhub

सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई– जनताको माग स्वास्थ्य र शिक्षा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज–पर्साको सखुवा पर्सौनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानिय जनताले स्वास्थ्य, शिक्षा र कृषिको विषयलाई प्राथमिकताका साथ् उठाएका थिए । गाउँपालिकामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको कमि र उपचारमा कठिनाई, विद्यालयहरुमा शिक्षकको अनुपस्थिति, पाठ्यपुस्तकको समस्या, भौतिक पूर्वाधारको कमिलगयात विषयहरुमा सुधार गर्नुपर्ने स्थानियहरुले माग गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष रामबालक रामको अध्यक्षतामा महुवनमा आइतबार भएको कार्यक्रममा दलित तथा अति विपन्न वर्गको उत्थानका र सशक्तिकरणकालागि नयाँ योजना ल्याउन स्थानीय मनोज रामले सुझाव दिएका थिए ।

खासगरी कृषिमा अधारीत रहेको यस गाउँपालिकाका कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन गाउँपालिकाले प्रविधि भित्र्याउदै कृषि उत्पादनलाई बजार सम्म पुर्याउन भूमिका ख्लेनु पर्ने अर्का स्थानीय सुनिल कलवारले जोड दिएका थिए ।

कलवारले गाउँपालिकामा रहेको एतिहासिक पारसनाथ मन्दिरको नामले पर्सा जिल्लाको पहिचान रहेकोले गाउँपालिकाको नाम समेत परिवर्तन गरेर पारसनाथ गाउँपालिका राखी पर्यटन प्रवर्द्धनमा लाग्न आग्रह समेत गरेका थिए ।

सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदीपकुमार जयसवालको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी गाउँपालिका कार्य गरिरहेको बताए ।

उनले नेपाल सरकारको सिमित बजेट, करामचारी समायोजनाको समस्या, संघीय र प्रदेश सरकारबाट सहयोगको खाँचोलेले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नसकेको बताउदै क्रमशः शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुधार ल्याउन आफु प्रतिबद्ध रहेको बताए । जयसवालले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, खेलकुदलगयात अन्य महत्वपूर्ण पूर्वधार विकासका लागि गाउँपालिकाले बनाएको योजनाका बारेमा समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन