ललितपुरको सानेपामा भएको दुर्घटनामा २ जनाको ज्यान गयो « Khabarhub

ललितपुरको सानेपामा भएको दुर्घटनामा २ जनाको ज्यान गयो


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको सानेपामा आइतबार अपराह्न भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  तीन वटा जीप र एक मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणि मदुहारीको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएको उनीहरुलाई तत्काल उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उनीहरु दुवै जनालाई मृत घोषित गरिएको थियो ।

दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार स्कार्पियोले टाटा सुमोलाई बाँयाबाट अनियन्त्रित रुपमा उछिनेर जाँदा दायाँ साइटमा पुगेर मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल कल‌ंकी साइटबाट आउँदै गरेको थियो । सुमोले पनि देब्रे साइटबाट ओभरटेक गर्न खोज्दा अनियन्त्रित भइ दाइने साइटमा पुग्दा हाइलक्समा ठोक्किन पुगी दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै