नेपाल मलेसियासँग पराजित « Khabarhub

नेपाल मलेसियासँग पराजित


१९ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोटको अभ्यास खेलका रुपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ । घरेलु टोली मलेसियासँग बुरीत जालिल राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

मैत्रीपूर्ण खेलमा नतिजा आफ्नो पक्षमा पार्ने योजना सहित मैदान उत्रिएको नेपाल पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा सम्हालिन नसक्दा हार व्येहोर्नु परेको हो । नेपालविरुद्ध मलेसियाले पेनाल्टीमार्फत अग्रता बनाएको हो । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई फाउल गरेपछि मलेसियाले खेलको ४९ औं मिनेटमा पेनाल्टी पाएको थियो ।

यस्तै, पेनाल्टी प्रहार गरेका सफावी रसिदले गोलमा परिणत गर्दा नेपाली टोली १–० गोलले पछि परेको थियो । त्यस्तै, खेलको ८२ औं मिनेटमा घरेलु टोलीले पाहुना टोली नेपालमाथि दोस्रो गोल गर्दै अग्रता बढाएको थियो ।

मलेसियाका लागि दोस्रो गोल साहरुल शानले गरेका हुन् । खानकै गोल नेपालविरुद्ध जीत निकाल्न मलेसियाका लागि सहज भएको थिथयो ।
यस्तै, मलेसियाविरुद्ध नेपाली युवा खेलाडी अभिषेक रिजालले डेब्यु गरेका छन् । पहिलो पटक टिममा परेका उनले राम्रो प्रदर्शन गरे पनि गोल गर्न भने चुकेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ९ : ५९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका