नेपाल मलेसियासँग पराजित « Khabarhub

नेपाल मलेसियासँग पराजित


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोटको अभ्यास खेलका रुपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ । घरेलु टोली मलेसियासँग बुरीत जालिल राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

मैत्रीपूर्ण खेलमा नतिजा आफ्नो पक्षमा पार्ने योजना सहित मैदान उत्रिएको नेपाल पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा सम्हालिन नसक्दा हार व्येहोर्नु परेको हो । नेपालविरुद्ध मलेसियाले पेनाल्टीमार्फत अग्रता बनाएको हो । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई फाउल गरेपछि मलेसियाले खेलको ४९ औं मिनेटमा पेनाल्टी पाएको थियो ।

यस्तै, पेनाल्टी प्रहार गरेका सफावी रसिदले गोलमा परिणत गर्दा नेपाली टोली १–० गोलले पछि परेको थियो । त्यस्तै, खेलको ८२ औं मिनेटमा घरेलु टोलीले पाहुना टोली नेपालमाथि दोस्रो गोल गर्दै अग्रता बढाएको थियो ।

मलेसियाका लागि दोस्रो गोल साहरुल शानले गरेका हुन् । खानकै गोल नेपालविरुद्ध जीत निकाल्न मलेसियाका लागि सहज भएको थिथयो ।
यस्तै, मलेसियाविरुद्ध नेपाली युवा खेलाडी अभिषेक रिजालले डेब्यु गरेका छन् । पहिलो पटक टिममा परेका उनले राम्रो प्रदर्शन गरे पनि गोल गर्न भने चुकेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै