आँखा किन फर्फराउँछ ? कसरी रोक्ने ? | Khabarhub Khabarhub

आँखा किन फर्फराउँछ ? कसरी रोक्ने ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ मानिसहरुको आँखा अचानक फर्फराउन थाल्छ । आँखा फर्फराएपछि  शुभ/अशुभ हुने भावनामा बहकिन्छन्- मान्छेहरु । पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने गर्छन् मानिसहरु ।

अझ आँखा फर्फराउँदा ज्योतिष शास्त्रसँग जोडेर मानिसहरु दाहिने आँखा फर्फराउँदा शुभ हुने, देब्रे फर्फराउँदा अशुभ हुने आदि इत्यादि फलादेश गर्छन् । वास्तवमा यो भ्रम मात्रै हो । ज्योतिष शास्त्रले यस्ता विषयको फलादेश गर्दैन । ज्योतिष शास्त्रले मानिसहरुको भूत, वर्तमान र भविष्यको बारेमा फलादेश त गर्छ । तर कुनै न कुनै आधारलाई टेकेर मात्र ।

सिद्धान्त ज्योतिषबाट आकाशीय पिण्डहरुको गति, दूरी लगायत वर्षको गणना गरिन्छ । भने फलित ज्योतिषमार्फत फलादेश गरिन्छ । फलित ज्योतिषबाट फलादेश गर्दा केही न केही तथ्यमा आधारित रहेर नै गरिने हुँदा उसका जीवनका विविध घटनाहरुको बारेमा जानकारी पत्ता लगाउन सकिने हो।

तर, आँखा फर्फराउनु भनेको सामान्य बुझाइमा स्वास्थ्यको समस्या हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउने चिकित्सकहरु बताउँछन् । यसका केही कारणहरु यस्ता छन् ।

थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । त्यस्तै, धेरै मादक पदार्थ सेवन गर्दा पनि आँखा फर्फराउँछ । धमिलो बत्तीमा काम गर्दा तथा लामो समयसम्म कम्प्युटरमा काम गर्दा पनि आँखा फर्फराउँछ ।

आँखा फर्फराउँदा रोक्नको लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । शरीरलाई आराम हुनेगरी सुत्नुहोस् । आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने आँखा सम्बन्धी केही समस्या हुने भएकाले चिकित्सकको परामर्शमा जानु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ४८ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप