१६ विदेशीलाई नेपाली नागरिकता « Khabarhub

१६ विदेशीलाई नेपाली नागरिकता


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ। गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको नयाँ पत्रिकामा खबर छ ।

‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘विदेशीले नागरिकता पाएको जानकारी आएपछि विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्र पठाएका छौँ।’ अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको प्रशासन स्रोतले बतायो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ। एक महिनाभित्र अनुसन्धान पूरा गर्ने गरी ४ असारमा गृहले प्रहरीलाई पत्राचार गरेको हो। घटनाको छानबिनका लागि एक टोली झापामै पठाइएको सिआइबीका डिआइजी नीरज शाहीले बताए। ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले गैरनेपालीलाई नागरिकता दिएको देखिएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘जिल्लाका विभिन्न वडाबाट सिफारिस भएर आएपछि उनीहरूले नागरिकता दिएका हुन्, अरू विषय अनुसन्धानकै क्रममा छ।’

सूचना पाएपछि गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको नेतृत्वमा छानबिन समिति बनाएको थियो। टोली झापामै आएर छानबिन सुरु गरेको सिडिओ दाहालले बताए। अनुसन्धान टोली २२ जेठमा झापा आएको थियो। जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिन सफल १६ जना गैरनेपालीको सूची नै लिएर अनुसन्धान टोली झापा आएको थियो। ‘टोलीले आवश्यक सम्पूर्ण कागजात लिएर गएको छ, गृह मन्त्रालयमा छानबिन हुँदै होला,’ सिडिओ दाहालले भने।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : ३८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ