इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाइने « Khabarhub

इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाइने


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको अर्थतन्त्रलाई चलायमान गराइरहेको उल्लेख गर्दै इँटा उद्योगलाई सहजरूपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिए । प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले इँटा उद्योगको पुरानो इतिहास रहेको बताउँदै उद्योगलाई प्रविधिमैत्री बनाएर विकासको मूलधारमा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रलाल अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव टीकाराम अर्याल, इँटा उद्योग व्यवसायी सङ्घलगायतले इँटा उद्योगलाई बालश्रममुक्त गराउन चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : ४८ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको