मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँ लिने बाबु–छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँ लिने बाबु–छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशका टाइपिस्ट (नायव सुब्बा) कृष्ण कुमार पाठक र उनका छोरा आदित्य कुमार पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा मिलाइदिने भन्दै नासु पाठकले सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियारले आफ्नै पैसा (३ लाख रुपैयाँ) दिएर सेवाग्राहीलाई पाठकसमक्ष पठाएको थियो । सेवाग्राहीले घुस वापतको रकम दिइसकेपछि पुगेको अख्तियारको टोलीले नासु पाठकलाई पक्राउ गर्‍यो । तर, घुस रकम फेला परेन ।

अख्तियारले गरेको छानबिनका क्रममा नासु पाठकले आफ्ना छोरा आदित्यलाई पैसा दिएर पठाएका खुलेको छ । आदित्य भने आफ्ना बुवाले बुझेको घुस रकम बुझेर फरार भएका छन् ।

सोही आधारमा अख्तियारले दुवै बाबु–छोराविरुद्ध ३ लाख रुपैयाँ बिगो तथा जरिवाना मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, घुस प्रकरणमा सहयोग गरेको भन्दै उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलाशका कार्यालय सहयोगी गयादिन गडरियाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गडरियाविरुद्ध १ लाख रुपैयाँ बिगो तथा जरिवाना मागदावी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ११ : ३८ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको