मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँ लिने बाबु–छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँ लिने बाबु–छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशका टाइपिस्ट (नायव सुब्बा) कृष्ण कुमार पाठक र उनका छोरा आदित्य कुमार पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा मिलाइदिने भन्दै नासु पाठकले सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियारले आफ्नै पैसा (३ लाख रुपैयाँ) दिएर सेवाग्राहीलाई पाठकसमक्ष पठाएको थियो । सेवाग्राहीले घुस वापतको रकम दिइसकेपछि पुगेको अख्तियारको टोलीले नासु पाठकलाई पक्राउ गर्‍यो । तर, घुस रकम फेला परेन ।

अख्तियारले गरेको छानबिनका क्रममा नासु पाठकले आफ्ना छोरा आदित्यलाई पैसा दिएर पठाएका खुलेको छ । आदित्य भने आफ्ना बुवाले बुझेको घुस रकम बुझेर फरार भएका छन् ।

सोही आधारमा अख्तियारले दुवै बाबु–छोराविरुद्ध ३ लाख रुपैयाँ बिगो तथा जरिवाना मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, घुस प्रकरणमा सहयोग गरेको भन्दै उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलाशका कार्यालय सहयोगी गयादिन गडरियाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गडरियाविरुद्ध १ लाख रुपैयाँ बिगो तथा जरिवाना मागदावी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ११ : ३८ बजे

अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुरु गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना

रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु

रामेछाप– जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना

अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल

काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा

शान्तिपूर्ण निकासका लागि जेनजीलाई प्रचण्डको १० बुँदे अपिल

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

सेनाले उपत्यकामा थप्यो कर्फ्यू समय

काठमाडौं – सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू