अर्थमन्त्रीको चेतावनी– पूँजी बजारमा सरकारले हस्तक्षेप गर्न सक्छ « Khabarhub

अर्थमन्त्रीको चेतावनी– पूँजी बजारमा सरकारले हस्तक्षेप गर्न सक्छ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा सरकारले हस्तक्षेप गर्नसक्ने भन्दै चेतावनी दिएका छन् । पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्नसक्ने मन्त्री खतिवडाको भना इछ ।

अर्थमन्त्री खतिवडाको भनाइ छ, ‘पूँजी बजारलाई सञ्चालन गर्ने सम्बन्धमा सरकारले रोकावट गर्दैन । तर, त्यसले राम्रोसँग काम नगर कडा निगरानी गर्छ ।’
मंगलबारबाट काठमाडौंमा सुरु भएको वित्तिय साक्षरतासम्बन्धी वृहत अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको बताए ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए । ५० लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरे पनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

महिलाहरु पनि वित्तिय कारोवारमा संलग्ने हुने क्रम बढकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा मन्त्री खतिवडाले जोड दिए ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए ।

नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ सो २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ०५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय