चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा फिल्मकर्मी सम्मानित, ३ फिल्मलाई ‘विशेष चलचित्र’ सम्मान « Khabarhub

चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा फिल्मकर्मी सम्मानित, ३ फिल्मलाई ‘विशेष चलचित्र’ सम्मान


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसर पारेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । सोमवार राजधानीमा भएको कार्यक्रममा फिल्म क्षेत्रमा योगदान पुर्‍याएकालाई सम्मान गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म योगदान पुर्‍याएका १५ जना चलचित्रकर्मीलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री बाँस्कोटाले बोर्डका तर्फबाट ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’ बाट सम्मान गरे ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि उल्लेख्य योगदान पुर्‍याएका फिल्मकर्मीमध्येबाट निर्देशकहरुबाट वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेताबाट वरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी र अभिनेत्रीबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाई सम्मान प्रदान गरियो ।

यस्तै संगीततर्फबाट वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, नृत्य निर्देशनतर्फ वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशनतर्फ वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान’बाट सम्मानित भए ।

यसै गरी छायाङ्कनतर्फबाट वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनिबाट वरिष्ठ ध्वनि विशेषज्ञ प्रदीपकुमार उपाध्याय, चलचित्र निर्माणबाट वरिष्ठ चलचित्र निर्माता छविराज ओझा, प्रचारतर्फबाट वरिष्ठ पोष्टर डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रकारिता तर्फबाट वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर सम्मानित भए ।

यस्तै चलचित्र विज्ञापन निर्माणतर्फबाट विज्ञापनका वरिष्ठ निर्माता निर्मलराज पौडेल, सञ्चार क्षेत्रबाट कामना पब्लिकेशन र नेपाली चलचित्रमा विदेशीको योगदान अन्तर्गत जापानी नागरिक डा। तोसिआकी इतोहलाई विशेष सम्मानबाट सम्मान प्रदान गरियो ।

चलचित्र भवनतर्फ नेपाली चलचित्रको प्रदर्शन मार्फत् विकास र विस्तारमा योगदान पुर्‍याउने ४ वटा हललाई विशिष्ट योगदान सम्मानले सम्मान गरियो । काठमाडौंको विश्वज्योति सिनेमा भवन, विर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई र नेपाली चलचित्रको प्रदर्शनीमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित भए ।

प्रारम्भिक कालखण्डका पुराना चलचित्र एवम्  ऐतिहासिक वृत्तचित्रलाई डिजिटाईजेसन गर्न उल्लेख्य योगदान पुर्याएबापत महेन्द्र प्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली ९कपिल०, प्रभाकर भट्टराई र चिरञ्जिवी गुरागाईंलाई पनि कदरपत्र प्रदान गरियो ।

यस्तै २०७५ सालमा प्रदर्शित नेपाली चलचित्रबाट चलचित्र गोपी, बुलबुल र कथा ७२ लार्ई विशेष चलचित्रबाट सम्मानित गरियो । विशेष चलचित्र छनौट समितिका निर्णायकहरु दयाराम दाहाल, नवल खड्का, सुशील पोखरेल, सुदर्शन श्रेष्ठ र निर्मला चौलागाईलाई कार्यक्रममा प्रशंसापत्र प्रदान गरियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले