पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर « Khabarhub

पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेकातर्फबाट समानुपातिक सभासद बनेका डोलबहादुर कार्की (डीबी)लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार विशेष अदालतको फैसला सदर गर्दै कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले २०६७ सालमै कार्की र उनका सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको भए पनि सर्वोच्चले मंगलबार उनलाई भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतको फैसलालाई नै सदर गरेको हो ।

एकजनालाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनले एक लाख घुस लिँदै गर्दा २०६७ फागुनमा सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो ।  सोही आरोपमा विशेष अदालतमा कार्की र उदासिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : ४१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन