स्वस्थ रहन यी पाँच कुराको अनुशरण गर्ने कि ? « Khabarhub

स्वस्थ रहन यी पाँच कुराको अनुशरण गर्ने कि ?


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको सवैभन्दा ठूलो सपत्ति भनेको उसको स्वास्थ्य हो । त्यसैले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ । हाम्रो आफ्नै आनीबानी र जीवनशैलीले नै स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ ।

त्यसकारण सर्वप्रथम हामीले खानापानमा नै विशेष ध्यान दिनुपर्छ । किनकी हामीले दैनिक खाने खानाले हाम्रो जीवनको सम्पूर्ण अवस्थाको प्रतिनिधित्व गर्दछ ।

त्यस्तै मानव स्वास्थ्यलाई वातावरणीय तत्व, वंशाणुगत तत्व तथा आचरण र मानसिक अवस्थाले पनि प्रभाव पारिरहेको हुन्छ ।  केही आधारभूत नियमहरुलाई अनुशरण गर्‍यौं भने स्वास्थ्यमा जोखिम नआउने पोषण विशेषज्ञ तथा वैज्ञानिकहरु बताउँछन् । के के कुरामा ध्यान दिने –

प्राकृतिक खाना नै रोज्नुस्ः

हामीले बजारमा पाउने धेरै खानाहरुमा शरीरलाई आवश्यक तत्वको कमी हुने गर्छ । त्यस्तै, मिठो स्वाद र रंगीन देखिने बनाउन प्रयोग गरिने अखाद्य किसिमका रसायनहरु हुने भएकाले पनि त्यस्ता खानेकुराको नियमित उपयोगले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको हुन्छ ।

सकेसम्म आफ्नो निरन्तर खानाको लागि प्राकृतिक खाना तथा फलफूल नै प्राथामिकतामा राख्नुस् । सिजनअनुसारका फलफूल, सागपात, गेडागुडी, आलु, चना, केराउ, आदि नियमितरुपमा उपयोग गर्नुहोस् ।

चलायमान बन्नुहोस्ः

मानिसले आफूलाई फिट तथा तन्दुरुस्त राख्न धेरै कडा किसिमका शारीरिक अभ्यास गर्ने गर्छन् । यद्यपि पछिल्ला अनुसन्धानले दैनिक केवल १५–२० मिनेटको को शारीरिक अभ्यास वा हप्तामा २ घण्टाको सामान्य हिँडाइले नै मानिसलाई आफ्नो स्वास्थ्य सन्तुलित बनाउन सहयोग गर्दछ । त्यसकारण समय नहुँदा वा दैनिकको धेरै अभ्यासले तनाव उत्पन्न गराएको छ भने यस विषयमा पनि केही सोच्ने कि ?

विषादीयुक्त वस्तु उपयोगबाट टाढै बस्नुस्ः

टक्सिन् भन्ने बित्तिकै अल्कोहलिक पदार्थ तथा धुम्रपानको प्रयोग भन्ने बुझिन्छस । तर हामीले नियमित प्रयोग गर्ने चिनीको मात्रा, धेरै चिल्लो पदार्थ तथा बोसोयुक्त खाना, आदिले पनि स्वास्थ्यलाई शरीरमा स्लो पोइजनको काम गरिरहेको हुन्छ । तसर्थ यस्ता खानेकुराबाट सम्भव भएसम्म टाढै रहनु उचित हुन्छ ।

ध्यान गर्नुस्ः

नियमित ध्यान तथा योगा गर्नाले मानिसको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । मस्तिष्कमा एक किसिमका सेरोटोनिन, एन्डरफिन्स जस्ता रसायनहरु उत्पादन हुन्छन् । जसले तनाव व्यवस्थापनमा सहयोग गर्ने, सृजनशील बनाउने लगायतका फाइदा हुन्छन् ।

प्राकृतिक ठाउँको घुमघामः

अध्ययन तथा अनुसन्धानले के देखाएका छन् भने जति हामी प्रकृतिसँग साक्षात्कार गर्छौँ त्यति नै हाम्रो स्वास्थ्यमा सकारात्मक परिवर्तनको लागि सहयोग गर्छ । हामी भित्रको हार्मोनल सन्तुलनमा समेत काम गर्छ । त्यस्तै केही समय घाममा बसेर प्राप्त हुने भिटामिन ‘डि’ ले माटोपना घटाउने, हार्मोनसम्बन्धी समस्या तथा क्यान्सरसम्म लाग्न नदिने कार्यमा मद्दत गर्दछ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : ४४ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र