रक्सौल-काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङ बन्ने « Khabarhub

रक्सौल-काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङ बन्ने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ। रेलमार्ग निर्माणका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक प्रतिवेदन परराष्ट्र मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । सो प्रतिवेदनमा रेल मार्गको कुल लम्बाइ १३५ किलोमिटर रहेको प्रस्ताव गरिएको छ ।

“सो रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ”, रेल विभागका प्रवक्ता अमन चित्रकारले भने । त्यसैगरी ३५ वटा पुल निर्माणको समेत प्रस्ताव गरिएको छ । सो रेलमार्गका लागि नेपाल सरकारको समन्वयमा कोंकण रेलवे कर्पोरेसन लिमिटेडले करिब एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको थियो ।

प्रवक्ता चित्रकारका अनुसार वीरगन्जस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौँको चोभारमा प्रस्तावित सुक्खा बन्दरगाहसम्म कुल १३५ किलोमिटर प्रस्ताव गरिएकोे हो । सो अन्तरदेशीय रेलमार्ग ब्रोडगेज ढाँचामा निर्माण गर्ने गरी प्रस्ताव प्रतिवेदनमा गरिएको छ । यसअघि भने भारतले १९० र १३५ किलोमिटर दूरी पर्ने गरी सो रेलमार्ग निर्माणको प्रस्ताव नेपालसामु राखेको थियो ।

प्रस्तावित यो रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन गत वर्षको भदौ १५ गते नेपाल र भारतबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधान मन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : १५ बजे

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा