म्यानपावर कम्पनीविरुद्ध ५ सय १६ मुद्दा तामेलीमा « Khabarhub

म्यानपावर कम्पनीविरुद्ध ५ सय १६ मुद्दा तामेलीमा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले ५ सय १६ वटा म्यानपावर कम्पनीविरुद्ध परेका उजुरी तामेलीमा राखेको छ ।

म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका कामदारले करार वमोजिम काम नपाएको, विदेशमा अलपत्र परेको लगायतका कारणसहित विभागमा उजुरी दर्ता गरेका थिए ।

निवेदकहरुमध्ये लामो समयसम्म पनि सम्पर्क नभएका उजुरीलाई तामेलीमा राखिएको विभागले जनाएको छ । २०६१ सालदेखि २०७२ सालसम्मका उजुरी अधिकांश तामेलीमा राखिएको विभागले जानकारी दिएको छ । विभागले उजुरीकर्ता प्रमाणसहित विभाग आए छानविन गरी क्षतिपूर्ति दिलाइने जनाएको छ ।

विभागमा उजुरी दिएर कामदार रोजगारीका लागि विदेश जाने अथवा उजुरी गरेपछि विभागमा फेरि नआएका धेरै उजुरी तामेलीमा राखिएको हो । गत आर्थिक म्यानपावर कम्पनीविरुद्ध १ हजार २ सय ६३ उजुरी परेका थिए । जसमा पीडितले संस्थागत २९ करोड ६३ लाख २० हजार ४ सय ३४ माग विगो दावी गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : २८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ