क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार गर्दै युवा « Khabarhub

क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार गर्दै युवा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् ।

२० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पुर्‍याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती युवाहरुले चटपटे व्यापार गरेका हुन् ।

दाङ फिमेना गु्रप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब रु ४३ हजार १५७ आर्जन गरिएको राइट पाथका मेघराज ओलीले जानकारी दिए। “उहाँको आर्थिक अवस्था कमजोर भएकाले अहिले उपचार सम्भव भएको छैन्”, उनले भने, “त्यसैले आफ्नो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने हामीले एक दिन चटपटे बेच्न तयार छौँ भन्ने प्रतिबद्धताअनुसार एक दिन चटपटे बेचेका हौँ ।”

सङ्कलन भएको उक्त रकम बैंकमार्फत पीडित ओलीको खातामा पठाइने भएको छ । ओलीको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको छ । साथै सहयोगका लागि सबैमा आग्रहसमेत गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : ४८ बजे

आईपीएल : आज पहिलो क्वालिफायरमा आरसिबी र गुजरात भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध

जापानले सुरु गर्‍यो बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक – जापान सरकारको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – २०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ