भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ « Khabarhub

भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– भालुको छाला, पित्त र दाँतसहित रुपेन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डीबाट ३ जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान, र दाँत २ थानसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–२ घर भएका ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पालको रैनादेवी गाउँपालिका–७ का ४३ वर्षीय धनबिर विक र पाल्पाको तिनाउँ गाउपालिक्ँ–१ घर भएका ४३ वर्षी लालबहादुर सारु छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : ३१ बजे

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौँ- मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु

सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौं– मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपासँग १८ वर्षमुनिका सदस्यबारे जानकारी माग

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८