आफ्नो ‘ब्रेकअप’ बारे खुलेर बोलिन् परिणीति चोपडा « Khabarhub

आफ्नो ‘ब्रेकअप’ बारे खुलेर बोलिन् परिणीति चोपडा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा कुनै समय आफ्नो प्रेममा ब्रेकअप भएका कारण पूर्ण रुपमा टुटेकी थिइन् । एउटा यस्तो समय पनि थियो, जतिबेला उनी निकै दुःखी र पीडामा थिइन् ।

परिणीतिले लेडिज भर्सेस रिकी बहल फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका थिए । यसपछि उनी शुद्ध देशी रोमान्स मा पनि काम गरिन् । यसको निर्देशन पनि मनीषले नै गरेका थिए ।

दुवै अफेअरमा रहेको खबर पनि बाहिर आए । पछि यी दुईको ब्रेकअप भएको पनि भनियो । परिणीतिले एक्स ब्वायफ्रेन्ड नाम नलिई आफू कुनै समय निकै पीडामा परेको बताइन् । उनले भनिन्, ब्रेकअपपछि उनी पूर्ण रुपमा टुटेकी थिइन् । पछि समयसँगै यो पीडा बिस्तारै ठीक भयो ।

परिणीतिले भनिन्, ‘दिल टुटेको थियो, म लामो समय पीडामा थिएँ । त्यो बेला निकै कष्टकर समय थियो । निकै तनावमा थिएँ म ।’

उनले आफूले जिन्दगीमा यति धेरै अस्वीकारको सामना गर्नु नपरेका कारण लामो समय तनावमा रहनु परेको बताइन् । उनले भनिन्, ‘त्यो समय मलाई सबैभन्दा धेरै परिवारको साथको आवश्यकता थियो, जुन मैले पाएँ ।’

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : २९ बजे

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको