उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ « Khabarhub

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका-४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर तथा ३३ वर्षीय हरिकृष्ण तिवारी र काठमाडौं सितापाईला बस्ने जुम्ला सिंजा धाफा घर भएका २५ वर्षीय हरि शर्मा रहेका छन् ।

वर्ल्डलिन्क कम्युनिकेशन प्रालि जवालाखेल कुसुन्ति शाखाबाट नगद १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको ईन्टरनेटमा प्रयोग हुने बिभिन्न डिभाइस लोड गरी ट्रान्सएयर ईन्टरनेसनल लोजिस्टिक प्रालि डोमेस्टिक कार्गोबाट चितवन, हेटौंडा र बुटवलतर्फ लैजाने क्रममा काठमाडौं शंखमुलस्थित सडकबाट साउन ८ गते उक्त सामान चोरी भएको थियो ।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र गुडीरहेका गाडीबाट बिभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा उक्त डिभाइस चोरी गरी लाने कार्यमा संलग्न उनीहरुलाई ३ कार्टुन डिभाइस सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : ०३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं