चाडपर्वले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री गुरुङ « Khabarhub

चाडपर्वले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री गुरुङ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तीजको अवसरमा शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमारहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्‍याइरहेको मुख्यमन्त्रीले सन्देशमा व्यक्त गरेका छन् ।

उनले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनीहरुका मौलिक पक्षहरुलाई जीवित राख्न र मितव्ययीता अपनाउन आवश्यक भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले तीज पर्वले सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवं सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन