रियल मड्रिडले भिल्लारियलसँग बराबरी खेल्यो, बेलले पाए ‘रेडकार्ड’ « Khabarhub

रियल मड्रिडले भिल्लारियलसँग बराबरी खेल्यो, बेलले पाए ‘रेडकार्ड’


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रियल मड्रिडले स्पेनिस ला लिगामा बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा रियलले भिल्ला रियलसँग २–२ को बराबरी खेलेको हो ।

भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि ग्यारेथ बेलले दुई गोल गरेका थिए । तर उनी खेलको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

खेलको १२ औं मिनेटमा नै भिल्लारियलका लागि मोरिनोले सुरुवाती गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा रियलका लागि बेलले पहिलो गोल गर्दै खेललाई बराबरीमा लगेका थिए । तर खेलको ७४ औं मिनेटमा भिल्ला रियलका लागि गोमेज बर्डोन्डोले गोल गर्दै खेललाई दुई एकको अवस्थामा लगेका थिए । खेल सकिँनै लाग्दा बेलले रियलका लागि बराबरी गोल गरेर भिल्ला रियलसँगको हारबाट जोगए । तर त्यसको केही समयपछि उनी रातोकार्ड खाँदै मैदान बाहिर भए ।

उनले १६९ दिनको गोल खडेरीपछि गोल गरेका थिए ।

बराबरीसँगै रियल खंक तालिकाको पाँचौ स्थानमा रहेको छ । उसले तीन खेलबाट पाँच अंक जोडेको छ ।

स्पेनिस लिगको शीर्ष स्थानमा एट्लेटिको मड्रिड रहेको छ । उसले तीन खेलबाट ९ अंक जोडेको छ भने दोस्रोमा एथलेटिको बिलबाओ रहेको छ । अंकतालिकामा उसको सात अंक रहेको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोना अंक तालिकाको ८ औं स्थानमा रहेको छ उसले तीन खेलबाट चार अंक बटुलेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : २९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी