डोनाल्ड ट्रम्पको ‘ट्रेड वार’का कारण चीनमा ३० लाखले जागिर गुमाए ! « Khabarhub

डोनाल्ड ट्रम्पको ‘ट्रेड वार’का कारण चीनमा ३० लाखले जागिर गुमाए !


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत सालबाट अमेरिका र चीनले एक अर्काका सामामा अरर्बौं डलरको आयात शुल्क लगाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि गलत व्यापरिक गतिविधि र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाइरहेका छन् ।

हालसालमै जी सात देशको सम्मेलनमा उनले भने, ‘बिगत केही महिनामा चीनलाई ठूलो झड्का लागेको छ । त्यहाँ तीस लाखको रोजगारी गएको छ र निकै चाँडै तीस लाख भन्दा धेरैको जाने छ ।’

ट्रेड वारका कारण चीनमा भएको नोक्सानीका बारेमा ट्रम्पको यो अभिव्यक्ति पहिलो भने होइन । गत हप्ता पनि उनले भनेका छन्,‘चीनमा निकै कम समयमा पच्चिस लाख जनाले जागिर गुमाएका छन् ।’

ट्रम्पले यो संख्या कहाँबाट पाए त ?

ह्वाइट हाउसले हङकङस्थित अखबार साउथ चाइन मर्निङ पोस्टमा जुलाइमा छापिएको एक लेखलाई आधार मानेको छ ।

यो लेख चीनको निवेश बैंक चाइना इन्टरनेशनल क्यापिटल कर्प (सीआईसीसी) लाई आधार मानेर लेखिएको दाबी गरिएको छ । जसले जुलाई २०१८ मे २०१९ को बीच म्यानुफ्क्चरिङ सेक्टरमा ट्रेड वार का कारण १९ लाखको रोजगारी गएको जनाएको छ ।

अमेरिका चीन ट्रेड वारको कारण चीनमा जागिर जाने कुनै आधिकारीक आँकडा उपलव्ध छैन । तर दुई चिनियाँ बैंकको आर्थिक सर्वेक्षणहरुका अनुसार औद्योगिक क्षेत्रमा १२ देखि १९ लाख नोकरीमाथि असर परेको छ ।

आयात शुल्कमा भएको वृद्धिले चीनको उत्पादन क्षेत्रमा असर परेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ३३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी