गणेश चतुर्थी आजै मनाइयो, गणेश रथयात्रा भोलि गरिने « Khabarhub

गणेश चतुर्थी आजै मनाइयो, गणेश रथयात्रा भोलि गरिने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी सोमबार गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको छ ।

यस वर्ष भाद्र शुक्ल चौथीमा गर्नुपर्ने गणेश पूजा आराधना पनि हरितालिका व्रतकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

हरितालिका (तीजको व्रत) पारायण गरी शिवपार्वतीका पुत्र गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहे पनि यस वर्ष तिथिको घटबढका कारण दुवै पर्व एकैदिन परेको उनले जानकारी दिए । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

मङ्गलबार गणेश रथयात्रा

यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । धर्मसभाका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले आज विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरिएको जानकारी दिए । मङ्गलबार अपराह्न साढे २ बजे वसन्तपुरस्थित अशोकविनायकबाट रथयात्रा शुरु गरी कमलादी गणेस्थानमा समापन गरिने उनले जानकारी दिए । कमलादीमा गणेशको महत्वका बारेमा प्रवचन गरी यात्रा समापन गरिनेछ ।

धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । विसं २०६५ पछि भाद्र शुक्ल चतुर्थीका दिन बृहत् रुपमा पूजा आराधना शुरु भएको छ । गणेशको पूजा आराधना आज गरिए पनि अर्घ्यदान भने मङ्गलबार बिहान नै गरी गणेश चतुर्थी व्रत समापन हुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ५४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट