क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गरिने « Khabarhub

क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गरिने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको पत्रानुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय गरिएको नगरप्रमुख बीरबल राईले जानकारी दिए ।

विषेश गरी उक्त नगरपालिकामा उत्पादन भएका रुद्राक्षको बजारमा नकारात्मक सन्देश नजाओस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ । नगरप्रमुख राईले भने, “हाम्रो क्षेत्रमा उत्पादन भएको रुद्राक्षको ख्याति निकै राम्रो छ, तर पछिल्लो समय यसको उत्पादनमा आएको विकृतिलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेका हौँ ।” यसले कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारका लागि सहयोग पुग्ने राईको भनाइ छ ।

यस क्षेत्रमा अनुमानित वार्षिक रु २० करोड बढीको कारोबार हुने गरेको नगरप्रमुख राईले बताए । यस वर्षबाट भने उत्पादन तथा आम्दानीको यकिन तथ्याङ्क राख्ने गरी नगरपालिकाले काम गर्ने उनको भनाइ छ ।

विषादी र क्लिप प्रयोग गरेका रुद्राक्ष बिक्रीमा रोक लगाउन माग गर्दै किसानले पनि निवदेन दिएका नगरपालिकाले जनाएको छ । केही मानिसले विषादी भनेर परिभाषित गरे पनि त्यो विषादी नभएर भिटामिन, मलखाद भएको कृषक देवराज पुरीले बताए ।

कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजकर)लाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेको पुरीले दाबी गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : १५ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित