क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गरिने | Khabarhub Khabarhub

क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गरिने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको पत्रानुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय गरिएको नगरप्रमुख बीरबल राईले जानकारी दिए ।

विषेश गरी उक्त नगरपालिकामा उत्पादन भएका रुद्राक्षको बजारमा नकारात्मक सन्देश नजाओस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ । नगरप्रमुख राईले भने, “हाम्रो क्षेत्रमा उत्पादन भएको रुद्राक्षको ख्याति निकै राम्रो छ, तर पछिल्लो समय यसको उत्पादनमा आएको विकृतिलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेका हौँ ।” यसले कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारका लागि सहयोग पुग्ने राईको भनाइ छ ।

यस क्षेत्रमा अनुमानित वार्षिक रु २० करोड बढीको कारोबार हुने गरेको नगरप्रमुख राईले बताए । यस वर्षबाट भने उत्पादन तथा आम्दानीको यकिन तथ्याङ्क राख्ने गरी नगरपालिकाले काम गर्ने उनको भनाइ छ ।

विषादी र क्लिप प्रयोग गरेका रुद्राक्ष बिक्रीमा रोक लगाउन माग गर्दै किसानले पनि निवदेन दिएका नगरपालिकाले जनाएको छ । केही मानिसले विषादी भनेर परिभाषित गरे पनि त्यो विषादी नभएर भिटामिन, मलखाद भएको कृषक देवराज पुरीले बताए ।

कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधि (फर्टिलाइजकर)लाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेको पुरीले दाबी गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : १५ बजे

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत

धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द

अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

तेहरान – इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय जेठ २९ र ३० गते बन्द

वीरगञ्ज – अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले

कैलाली र कञ्चनपुरमा गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम – केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन,