कर्णालीमा ‘एक घर, एक स्याउ बगैँचा’ अभियान « Khabarhub

कर्णालीमा ‘एक घर, एक स्याउ बगैँचा’ अभियान


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका स्याउ उत्पादन हुने जुम्लालगायत अन्य जिल्लामा ‘एक घर, एक स्याउ बगैँचा’ निर्माण गर्ने अवधारणा अघि सारिएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति अनुरुप सो अवधारणा अघि सारिएको बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका केसीले भने, ‘यसका लागि प्रदेश सरकार लगानी गर्न तयार छ । विद्यालयदेखि सार्वजनिक जग्गामा सामूहिक स्याउ खेतीमा जोड दिन युवा प्रोत्साहन गर्ने योजना बनाइएको छ ।’

स्याउका बिरुवा रोप्नेदेखि व्यवस्थापन र जैविक विषादीको प्रयोग वृद्धितर्फ पनि प्रदेश सरकारले योजना बनाएको उनले बताए । सिँचाइ विना उत्पादन असम्भव भएको बताउँदै उनले कृषि मन्त्रालयले सिँचाइकै लागि भनेर रु। ५० करोड वजेट विनियोजन गरिएको बताए ।

उनका अनुसार कर्णाली प्रदेशका हरेक गाउँपालिकामा चिस्यान घर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको योजना निर्माण गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ०५ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा