टिपरको ठक्करबाट एक जनाको मृत्यु | Khabarhub Khabarhub

टिपरको ठक्करबाट एक जनाको मृत्यु


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरिमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

थानकोटबाट कलङ्की आउँदै गरेको बा२६प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलको बागेश्वरीमा ठक्कर दिँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलका ४१ वर्षीय टीकाबहादुर बाँनिया गम्भीर घाइते भएका छन् । उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ ।

मोटरसाइकल बाँनियाले चलाएका थिए । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ३० बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय