पुलको माग गर्दै २५ दिनदेखि अनशन « Khabarhub

पुलको माग गर्दै २५ दिनदेखि अनशन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ ।

अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरुको अनशन जारी रहने उनले जानकारी दिए ।

रिले अनशनमा भजनकीर्तन, ड्यौडा गीत गाउँदै सरकारलाई दबाब दिने गरिएको सङ्घर्ष समितिका सदस्य दीपेश शाहले जानकारी दिए ।

झुलाघाट नाका सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको नाका भएकाले यो नाकामा पुल आवश्यक रहेको उनको भनाइ छ । पुल निर्माणका लागि आफूहरुले दशकौँदेखि दबाब दिँदै आएको भए पनि सरकारले नसुनेको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए ।

अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । अनशनमा उद्योग वाणिज्य सङ्घसँगै निर्माण व्यवसायी सङ्घ, यातायात व्यवसायी सङ्घ, पत्रकार महासङ्घ तथा होटल व्यवसायी सङ्घले समेत ऐक्यबद्धता जनाएको छ । सरकारी पक्षको उदासीनताका कारण अनशन अझै लम्बिने देखिएको छ ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताहरुले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनशनमा सहभागीले बताएका छन् । आफूहरुका माग पूरा गर्नेतर्फ सरकार सचेत नभए माइतीघर मण्डलामा अनशन थाल्नेसमेत चेतावनी दिइएको छ ।

विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ ।

यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । करीब १५० वर्ष अगाडि मात्रै इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो । जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि अनशन शुरु भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : ०४ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि