दुर्घटनामा परि उपत्यकामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा परि उपत्यकामा दुई जनाको मृत्यु


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यता काठमाडौँ, चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित सडकमा बा३ख ३८१७ नम्बरको टिपरले बा२६प ४९०३ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका चितवन रत्ननगरका सुनिल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको वीरअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर इमाडोलका टीकाबहादुर बानियाँको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  २ : १२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब