इराकमा सरकार विरोधी प्रदर्शन, एकको मृत्यु « Khabarhub

इराकमा सरकार विरोधी प्रदर्शन, एकको मृत्यु


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद- आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुको साथै अन्य २ सय जना घाइते भएका छन् ।

इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सर्वसाधारणका मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

जारी यस हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा उल्लेख छ । घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षाकर्मी पनि छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुको अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।
मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : १० बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब