भिलेन बनेर पर्दामा ‘कमब्याक’ गर्दैछन् शाहरुख खान? « Khabarhub

भिलेन बनेर पर्दामा ‘कमब्याक’ गर्दैछन् शाहरुख खान?


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार शाहरुख खानका फ्यान उनको फिल्म कुरिरहेका छन् । तर, शाहरुख फिल्ममार्फत पर्दामा आउन चाहिरहेका छैनन् । लगातार फिल्म फ्लप भएपछि शाहरुख फिल्म साइन गर्न डराइरहेको भन्दै भारतीय मिडियाले लेखेका छन् ।

यसैबीच खबर आएको छ कि, शाहरुख खान छिट्टै नै एक हलिउड फिल्मको रिमेकमा देखिने भएका छन् । खबरका अनुसार यो फिल्ममा उनको भूमिका खलनायकको हुनेछ ।

हलिउड फिल्म ‘किल बिल’ को हिन्दी रिमेकको राइटस् निखिल द्विवेदीले खरिद गरेका छन् । यसमा बन्ने हिन्दी फिल्मलाई अनुराग कश्यपले निर्देशन गर्नेछन् ।

शाहरुख खानको भूमिकाका लागि मेकरले उनीसँग कुरा गरिरहेको भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

निर्माण टिमले यो फिल्ममा शाहरुखलाई भिलेन किन चुने भने, उनले भिलेन बनेर पनि कैयन् फिल्मबाट दर्शकको मन जितेका छन् ।

अर्को रमाइलो कुरा के छ भने शाहरुखले पनि अनुराग कश्यपसँग काम गर्न चाहेका थिए । यो फिल्ममा यी दुईको काम देख्न पाइनेछ भन्नेमा दर्शक पनि आशावादी छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : १६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक