नीति र कानूनले मात्र बालविवाह अन्त्य हुँदैनः मुख्यमन्त्री राउत « Khabarhub

नीति र कानूनले मात्र बालविवाह अन्त्य हुँदैनः मुख्यमन्त्री राउत


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति र कानून बनाएर मात्र बालविवाह अन्त्य नहुने बताएका छन् ।

जनकपुरमा बुधबार आयोजित प्रदेशस्तरीय बालविवाह अन्त्यका लागि नीतिगत संवाद कार्यक्रममा उनले भने, “नीति कानून त धेरै पहिलादेखि नै छन् तर बालविवाह रोक्न सकिएको छैन, यसलाई रोक्न सामाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनुपर्दछ ।”

उनले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनाका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भइसकेको बताए ।

पछिल्लो एक वर्षमा प्रदेशभित्र भ्रूण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भइसकेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : ४५ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय