घाँस काट्न जंगल गएकी खातुन मृत फेला « Khabarhub

घाँस काट्न जंगल गएकी खातुन मृत फेला


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।

घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताए । इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महुली खोलाको पश्चिम कुलोमा उनलाई मृत भेटाएको हो ।

घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ५१ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर