प्रमुख जिल्ला अधिकारी संविधानभन्दा माथि! « Khabarhub

प्रमुख जिल्ला अधिकारी संविधानभन्दा माथि!


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संविधानमा नेपाली आमाबाट जन्मेर नेपालमै बसोबास गरेको व्यक्तिलाई पहिचान हुन नसके पनि वंशज नागरिकता दिने उल्लेख छ । व्यवहारमा भने पीडितहरुले अदालतको ढोका ढकढक्याउँदा पनि नेपाली नागरिक हुनुको निस्सा पाउन सकेका छैनन् । यही समस्यालाई समेटेर कान्तिपुर दैनिकले ‘संविधानमाथि प्रजिअ!’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

त्यस्तै दार्चुलामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । जीप सडकबाट झण्डै ३ सय मिटर तल खस्दा जिपमा सवार सबैको मृत्यु भएको उल्लेख छ ।

विप्लवलाई हेर्ने दृष्टिकोण अस्पष्ट शीर्षकको अर्को समाचारमा ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि फागुन १० मा एक जनाको ज्यान जाने गरी गराइएको विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता पुष्टि भइसक्दा पनि प्रहरीले त्यसका शीर्ष नेताहरुलाई पक्राउ गर्न सकेको छैन् । गृहमन्त्रालयबाटै चासो नदेखाइएपछि प्रहरी विप्लव समूहका नेतालाई पक्राउ गर्न हच्किएको छ ।

त्यस्तै बीपी प्रतिस्ष्ठानमा अनियमितता बढेको पाइएको छ । उपकुलपति प्राध्यापक डा राजकुमार रौनियारलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । डेन्टल कलेजेहरुले अतिरिक्त शुल्क उठाउने गरेको, चीन सरकारको अनुदान र ऋण सहयोगमा प्रदेश २ र गण्डकी प्रदेशले मोडेल गाई फार्म सञ्चालन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : ४९ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६