व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री « Khabarhub

व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन् ।

उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनले बताए । काठमाडौँमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको १० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ ।’

ऊनी उद्योगको विषयमा बोल्दै मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए । ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमीकमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले औँल्याएका छन्।

विसं २०६६ मा कृषि क्षेत्रमा बैंकको लगानी एक प्रतिशत रहेकामा अहिले आठ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए । कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले वार्षिक एक अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात गर्दै आएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : २५ बजे

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा

काठमाडौं- काठमाडौंका साघुँरा सडकमा असङ्ख्य सवारीसाधनको ठेलमठेल । त्यसैमाथि सडकको

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको