हुवावेकी प्रमुख वित्तीय अधिकारीलाई अमेरिका सुपुर्दगी गर्ने प्रकृया क्यानाडामा स्वीकृत « Khabarhub

हुवावेकी प्रमुख वित्तीय अधिकारीलाई अमेरिका सुपुर्दगी गर्ने प्रकृया क्यानाडामा स्वीकृत


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानाडाले गत डिसेम्बरमा पक्राउ परेकी चिनियाँ प्राविधिक सामग्री निर्माता कम्पनी हुवनवेकी प्रमुख वित्तीय अधिकारी मेङ वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गरेको छ ।

क्यानाडाका अधिकारीले हुवावे कम्पनीका संस्थापककी छोरीसमेत रहेकी वानझोउलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गरिएको र अब उनको सुपुर्दगीका विषयमा अदालतमा सुनुवाई हुने बताइएको छ ।

अदालतमा उनको सुनुवाईको मिति आगामी बुधबारलाई तोकिएको छ ।

उनलाई गत डिसेम्बरमा भ्यानाकुवरबाट पक्राउ गरिएको थियो । हाल उनी नजरबन्दमा रहेको बताइएको छ ।

अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको उल्लङ्घन गर्ने षड्यन्त्र गरेको अभियोगमा अमेरिकामा मेङविरुद्धको मुद्धा विचाराधिन छ ।

उनलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया स्वीकृत गर्ने क्यानाडाको कदमको चीनले भने निन्दा गरेको छ । पछिल्लो समय मेङलाई पक्राउ गरेको विषयलाई लिएर चीन र क्यानाडाबीचको सम्बन्ध निकै चिसिएको बताइन्छ ।

यता अमेरिकाले भने क्यानाडाको कदम स्वागतयोग्य रहेको भन्दै क्यानाडालाई धन्यवाद दिएको छ । अमेरिकी जस्टिस डिपार्टमेन्टले विज्ञप्ति जारी गर्दै क्यानाडाको कदमको स्वागत गरेको हो ।

क्यानाडाको भ्यानाकुवरमा रहेको अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्ने फैसला सुनाएपनि उनले उपल्लो अदालतमा पुनरावेदन दिनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : ५६ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००