अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने « Khabarhub

अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार नबढाउने


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले चीनबाट आयात हुने सामानमा तत्काल भन्सार शुल्क नबढाउने भएको छ । अमेरिकाको व्यापारिक प्रतिनिधिको कार्यालयले चीनसँग जारी वार्ता सकारात्मक दिशामा रहेकाले तत्काल चिनियाँ सामानमा भन्सार शुल्क बढाउनु पर्ने अवस्था नरहेको जनाएको छ ।

अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले चिनियाँ सामानको आयातमा तत्काल भन्सार शुल्क नबढाउने औपचारिक घोषणा भने आगामी मंगलबार गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमेरिकाले जनवरी १ देखि चीनबाट आयात हुने २ खर्ब अमेरिकी डलर मूल्यका वस्तुमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने जनाएको थियो । तर, चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार बढाउने म्याद ९० दिन थपेका थिए ।

सो म्याद शुक्रबारमात्र सकिएको थियो । चीनले अवैधानिक व्यावसायिक अभ्यास गरिरहेको भन्दै अमेरिकाले चिनियाँ सामानमा भन्सार बढाउन लागेको थियो ।

यता चीनले भने आफ्ना सामानमा भन्सार नबढाउने अमेरिकी कदमको स्वागत गरेको छ । चीनको व्यापार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको स्वागत गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ४ : ०० बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ