आज पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना « Khabarhub

आज पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-देशभर चिसो बढेको छ । बिहान र बेलुकाको समयमा दैनिक चिसो बढ्न थालेको छ । आज देशभरको मौसम सफा रहेपनि पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईमा बिहानी पख थोरै स्थानहरुमा कुहिरोको अवस्था रहे पनि त्यो विस्तारै हट्दै गएको छ ।

त्यस्तै मध्य तराईमा बिहानी पखको पातलो हुस्सुको अवस्था रहे पनि हटेर गएको छ । त्यस्तै पूर्वी तराई बिहानी पख कुहिरोको अवस्था रहे पनि त्यसपछि हटेर जानेछ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

मंसिर १७ गते (मंगलबार )

दिउँसो: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्बी पहाडी भूभागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १८ गते (बुधबार)

दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १९ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : ५९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर