केकीको फिल्म ‘छ माया छपक्कै’ अब घरमै बसेर हेर्न सकिने « Khabarhub

केकीको फिल्म ‘छ माया छपक्कै’ अब घरमै बसेर हेर्न सकिने


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा ५१ औँ दिन मनाउन सफल फिल्म ‘छ माया छपक्कै’अब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा म‍ंसिर १३ देखि प्रदर्शन भएको हो ।

योसँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सक्नेछन् । हलको पहुँचमा नभएका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।

व्यावसायिक रुपमा सफल यो फिल्ममा दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्नका लागि ग्राहकले रुपैयाँ ४२५ तिर्नुपर्ने हुन्छ ।

डिस होमको च्यानल नम्बर १०८ मा नयाँ तथा पुराना नेपाली फिल्महरू देखाइने गरिन्छ ।

आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक २४ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । फिल्मले समीक्षकको समेत मन जितेको थियो । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : २९ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष