क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद « Khabarhub

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारतका विदेशमन्त्रीहरूसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गरेका छन् । इरानको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार उनले रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर सँग पश्चिम एसियामा भइरहेको पछिल्लो अवस्थाबारे तथा संयुक्त राज्य अमेरिका र इजरायलका आक्रमणका कारण उत्पन्न सुरक्षा र आर्थिक प्रभावबारे विचार आदानप्रदान गरेका हुन् ।

अराघचीले पछिल्ला ३७ दिनमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूबारे विस्तृत जानकारी दिँदै औद्योगिक संरचना, उत्पादन केन्द्र, अस्पताल, विद्यालय, आवासीय क्षेत्र तथा आणविक केन्द्रहरूमा भएको क्षतिबारे चर्चा गरेका थिए । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद् का प्रभावशाली सदस्यहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे । उनले इरानी जनता र सुरक्षा बलहरू आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न दृढ रहेको उल्लेख गर्दै अमेरिका र इजरायलका कदमले क्षेत्रीय तथा विश्व स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

यसैबीच, लाभ्रोभले नागरिक लक्षित आक्रमणहरू, विशेषगरी बुशेहर आणविक विद्युत् केन्द्रमा गरिएका हमलाहरू तत्काल रोक्नुपर्नेमा जोड दिए र द्वन्द्व विस्तार हुन नदिन सबै अवसरहरूको उपयोग गर्नुपर्ने बताए । त्यस्तै, जयशङ्करले क्षेत्रीय स्थिरता र सुरक्षालाई पुनःस्थापित गर्न कूटनीतिक प्रयासहरूको महत्त्व औंल्याउँदै युद्ध रोक्न भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पहलप्रति भारतको समर्थन रहेको बताएका छन् ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण सुरु भएपछि क्षेत्रीय तनाव बढेको हो, जसको प्रत्युत्तरमा इरान र उसका सहयोगीहरूले मध्यपूर्व क्षेत्रमा अमेरिकी र इजरायली हितहरूलाई लक्षित गर्दै आक्रमण गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २६ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार