भूकम्पपीडितको गुनासो सम्बोधन, ४६ सय लाभग्राही थपिए « Khabarhub

भूकम्पपीडितको गुनासो सम्बोधन, ४६ सय लाभग्राही थपिए


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन सम्पन्न गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ।

प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो।

कार्यकारी समितिले ४ सय १० जनालाई संभावित लाभग्राही र २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको उल्लेख गरिएको छ। त्यसैगरी, ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ।

प्राधिकरणले बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नजिता निकाल्ने जनाएको छ। छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोहरुको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनियरले विश्लेषण गरिरहेका छन्।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ४५ बजे

के मेसीले जित्लान गोल्डेन बुट ?

काठमाडौँ – जारी विश्वकपमा लियोनेल मेसी कुल २१ गोल गर्दै

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार