बाग्लुङ जिप दुर्घटना– १४ मृतक, ३ घाइते र १ जना बेपत्ताको पहिचान खुल्यो « Khabarhub

बाग्लुङ जिप दुर्घटना– १४ मृतक, ३ घाइते र १ जना बेपत्ताको पहिचान खुल्यो


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाग्लुङको भीमगिठेमा भएको जिप दुर्घटनामा मृत्यु हुने सबै १४ जनासहित घाइते र बेपत्ता यात्रुको पहिचान खुलेको छ ।

गुल्मीको इस्माबाट बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ भीमगिठेमा दुर्घटनाग्रस्त भएको थियो ।

जिपमा १८ जना यात्रु सवार रहेकामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जना घाइतेको अहिले अस्पतालमा उपचार भइरहेको छ भने १ जना यात्रु अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार जिप दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मीको इस्मा गाउँपालिकाका मात्रै ११ जना छन् ।

ज्यान गुमाउनेमा इस्मा–४ कीय ३० वर्षीय सुचना कार्की, २५ वर्षी रमेश थापा (चालक तथा साहु), इस्मा–५ की ४० वर्षीय बसुन्धरा कार्की, इस्मा–३ की २३ वर्षी माया थापा, इम्सा–४ की ४० वर्षीया सिता कार्की, सिताकी छोरी २ वर्षी अनुसा कार्की, इस्मा–४ कै ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमि कार्की, २५ वर्षीया मिना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की छन् ।

जिप दुर्घटनामा ज्यान गुमाउनेमा बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ वर्षीया लक्ष्मी केसी, नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्की र कञ्चनपुर घर भएका ५५ वर्षका धनबहादुर कार्की पनि छन् ।

यस्तै, घाइते हुनेहरुमा नवलपरासीको बर्दघाट–२ का २२ वर्षीय जीवन कार्की, गुल्मीको इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की (मृतक सुचना कार्कीका छोरा) र इस्मा गाउँपालिका–४ कै २४ वर्षीया निमा केसी छन् ।

जिप दुर्घटनामा परेर इस्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की अझै बेपत्ता रहेका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर