दाउदले ३ वर्षदेखि गरेका छैनन् फोनमा कुराकानी « Khabarhub

दाउदले ३ वर्षदेखि गरेका छैनन् फोनमा कुराकानी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रहरीले मोस्ट वान्टेड सूचीमा रहेका आतंककारी दाउद इब्राहिमले पछिल्ला ३ वर्षमा कसैसँग पनि फोनमा कुराकानी नगरेको दाबी गरेको छ ।

दिल्ली प्रहरी (पुलिस)का एक अधिकारीको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले लेखेका समाचारमा दाउदले सुरक्षाको कारण पछिल्ला तीन वर्षदेखि कसैसँग फोनमा कुराकानी नगरेका जनाइएको छ ।

दिल्ली प्रहरीले पछिल्लो पटक सन् २०१६ मा दाउदको एउटा टेलिफोन संवाद रेकर्ड गरेको थियो । सन् १९९३ मा भएको बम हमलापछि दाउद भारत छाडेर भागेका थिए ।

दिल्ली प्रहरीले जाँच एजेन्सीहरुको मद्दतबाट सन् २०१६ मा दाउदको टेलिफोन कुराकानी रेडर्क गरेको थियो । उक्त कुराकानी १५ मिनेटको भएको जनाइएको छ ।

भारतीय सुरक्षा एजेन्सीहरुले रेकर्ड गरेको टेलिफोन वार्तामा दाउद पाकिस्तानको कराँचीबाट युएईको दुबईस्थित आफ्ना सहयोगीसँग कुराकानी गरिरहेका सुनिएको थियो ।

त्यतिबेला सुरक्षा एजेन्सीले गरेको टेलिफोन रेकर्डका आधारमा दाउद मुटुको रागबाट ग्रसित रहेका समाचारहरु पनि सार्वजनिक भएका थिए । तर, पछि दाउदका भाई इब्राहिमले त्यस्ता समाचारहरुको खण्डन गरेका थिए ।

दिल्ली प्रहरीका अधिकारीको भनाइलाई भारतीय सञ्चारमाध्यममा उल्लेख गर्दै लेखिएको छ, ‘उ (दाउद) सादय फोनको प्रयोग गर्नबाट बचिरहेको छ । यसको अर्थ यो हैन कि उसले कराँचीमा रहेको आफ्नो अड्डा परिवर्तन गरिसकेको छ । हामीसँग अझै पनि दाउद पाकिस्तानमा रहेको पर्याप्त सूचना र प्रमाण छन् ।’

भारतको खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ (रअ)ले धेरै पटक दाउदको टेलिफोन वार्ता रेकर्ड गरेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

तत्कालीन दिल्ली प्रहरीका आयुक्त (कमिस्नर) नीरज कुमारले दाउदको टेलिफोन कुराकानी रेकर्ड गरेका थिए । दाउदको टेलिफोन कुराकानी रेकर्डबारे नीरज कुमारको भनाइ छ, ‘म्याच फिक्सिङ प्रकरणको अनुसन्धानका क्रममा हामीले दाउदको आवाज सुनेका थियौं । उक्त प्रकरणमा आईपीएलका धेरै क्रिकेटरलाई आरोपी बनाइएको थियो ।’

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : १४ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका