जन्मजात अपाङ्गता भएका लंकबहादुर– जो यात्रु बोकेर मासिक २० हजार कमाउँछन् « Khabarhub

जन्मजात अपाङ्गता भएका लंकबहादुर– जो यात्रु बोकेर मासिक २० हजार कमाउँछन्



काठमाडौं– ‘अपाङ्ग छोरो जन्मिएछ ! के गर्ने होला ? कसो गर्ने होला ?’ लंकबहादुरका बुबाआमाको यही चिन्ताले पिरोल्थ्यो आजभन्दा १९ वर्षअघिसम्म ।

उनी परिवारका जेठा सन्तान पनि थिए । जेठो सन्तानका रुपमा छोरा जन्मिँदा उनका बुवाआमा निकै खुसी थिए ।

आफ्नो छोराले ‘बाल पाइला’ चालेको हेर्न तीब्र प्रक्षिक्षमा थिए बुवाआमा । तर, लंकबहादुरले बाआमालाई त्यो खुसी दिन सकेनन् ।

उनी जन्मजात शारीरिक रुपमा अपाङ्गता थिए । उनी हिड्न सक्दैन थिए । उनको खुट्टा बटारिएको थियो भने खुट्टामा मासु पोको परेको थियो ।

‘बुबाआमाको हात समाउँदै टुकटुक हिँड्ने रहर अधुरै भयो । बुबाआमाले सधै चिन्ता लिनुहुन्थ्यो,’ विगतलाई स्मरण गर्दै लंकबहादुरले भने ‘अपाङ्ग छोरो जन्मियो के गर्ने ? के गर्ला यसले ? भन्नुहुन्थ्यो’

बुबाआमाले लिएको चिन्ता देख्दा भविष्यमा केही गरेर देखाउँछु भन्ने अठोट मनमा लिएका थिए उनले ।

४ वर्षको हुँदा अपाङ्गता महसुस

परिवारमा उनका बुबाआमाले उनी अपाङ्गता भएको पत्तो पाइसकेका थिए । तर उनलाई भने थाहा थिएन । साधरण बालक भन्दा भिन्न थियो उनको शारीरिक बनावट ।
उमेर बढ्दै गएपछि उनलाई आफू अपाङ्ग भएको बोध भयो । ‘४ वर्षको हुँदा मैले आफू अपाङ्ग भएको थाहा पाएँ,’ उनी बाल्यकाल सम्झिँदै भन्छन्, ‘खुट्टामा मासुको पोको देखिन थाल्यो, औंलाहरु बटारिए । वरपर हिडडुल गर्न कठिन भयो ।’

त्यतिबेला उनलाई बुबाआमाले भक्तपुरमा ल्याएर उपचार गराए । मासुले पोको परेको दायाँ खुट्टा काट्नुपर्‍यो । खुट्टाका औंलाहरु काटिएपछि झनै फरक देखिए उनी ।

शारीरिक रुपमा अशक्त लंंगबहादुरको जन्म २०३८ सालमा खोटाङमा भएको हो ।

जनाको सदस्य रहेको उनको परिवारको आर्थिक अवस्था नाजुक खास ठीकठाक थिएन । गुजरा चलाउनका लागि बुवाआमाले खेतीबारीको काम गर्थे ।

२०४१ सालमा लंकबहादुरको परिवार बसाइ सरेर झापा आयो । झापा आउँदा उनी ३ वर्षका थिए । लंकले झापाकै सरकारी विद्यालयमा अध्ययन शुरु गरे । विद्यालय जानका लागि हिँड्न सक्दैन थिए ।

‘म हिँड्न सक्दैनथिएँ, त्यतिबेला अहिले जस्तो ह्विलचियरको व्यवस्था पनि थिएन,’ वाल्यावस्था सुनाउँद लंकबहादुर भन्छन्, ‘बुबाले सधैं साइकलमा चढाएर स्कुल पुर्‍याउनुहुन्थ्यो र बेलुकी लिन जानुहुन्थ्यो ।’

बाआमाले खेत खनेको देख्दा उनलाई पनि कोदाली उचाल्न मन लाग्थ्यो । तर, शरीरले साथ दिँदैनथियो । ‘ठूला काम गर्न नसकेपनि घरका केही काममा भने बाआमालाई सघाउँथे,’ लंकबहादुर भन्छन् ।

शारीरिक रुपमा अपाङ्गता भएका लंकलाई धेरै पढ्ने र राम्रो जागिर खाने सोच थियो । ०५७ सालमा एसएलसी उत्तिर्ण गरे ।

‘परिवार र समाजमा सशक्त व्यक्तिले पनि केही गर्न सक्छन् है भन्ने चेतना पुर्‍याउछु भन्ने सोचेको थिएँ,’ लंकले भने ‘परिवारको आर्थिक संकटका कारण एसएलसी पछि पढ्न पाइनँ ।’

उमेरले १९ वर्ष टेकेका थिए । घरको जेठो सन्तान हुनुको बोध हुन्थ्यो । आफ्नो भन्दा बढी परिवारको चिन्ता लाग्थ्यो ।

यसैबीच उनले झापास्थित क्यारिट्स नेपालमा गएर केही महिना इलेक्ट्रिसियनको तालिम लिए । भुटानी शरणार्थीलाई सीप सिकाइरहेको क्यारिट्स नेपालबाट उनले धेरै काम सिक्ने अवसर पाए ।

वाइरिङको काम सिक्दासिक्दै घर नै ठेक्का लिएर काम गरे उनले । ‘कतिपय मानिसहरुले चाहिँ मलाई अपाङ्ग देखेर के काम गर्न सक्ला र ? जस्तो सोच पनि राख्नु भयो,’ अनुभव सुनाउँदै उनले भने ‘तर मैले ठेक्का लिएरै थुप्रै काम गरे ।’

बत्तीको काम गर्दा हुने दुर्घटनाहरु धेरै सुनेको बताउँदै उनी भन्छन्, ‘दुर्घटना सुनिरहे पनि मैले काम गर्न छोडिन् । बरु कसरी हुन्छ सुरक्षित तरिकाले काम गर्न थालेँ ।’

काम राम्रै थियो । आम्दानी पनि ठीकै । तर उनलाई वाइरिङ छोडेर अन्य काम गर्न मन लाग्यो ।

यात्रा सडकतिर मोडियो

६ वर्षअघिको कुरा हो । त्यतिबेला झापामा सिटी सफारीको निकै चर्चा थियो । सडकमा ३ पाङ्ग्रे विद्युतीय रिक्सा (सिटी सफारी) गुड्न थालेका थिए ।

यसैबीच लंकका साथीले पनि उनलाई सिटी सफारी चलाउन सुझाव दिए । ‘साथीले सफारी स्वरुममा लगेर त्यहाँका हाकिमलाई भेटाइदियो,’ उनले भने ‘मैले सिटी सफारी चलाउन दिन आग्रह गरें ।’

तर त्यहाँ उनको कुरा कसैले सुनेनन् । बरु उनको अवस्थाप्रति प्रश्न उठाइयो, यस्तो मान्छेले कसरी सफारी चलाउँछ ?

‘हामी दिँदैनौं सफारी भनेर फर्काइदिए,’ उनले भने ‘मैले पनि साँहुसँग च्यालेन्ज गरेर पछाडि साहुलाई राखेर सडकमा सफारी गुडाएर देखाइदिएँ ।’

त्यससँगै उनले सिटी सफारी चलाउन थाले । बिहान घामको झुल्को सँगै उनी घरबाट रिक्सा निकाल्छन् र सडक प्रवेश गर्छन् । ‘दकम—लखनपुर’ उनले दैनिक रिक्सा गुडाउने रुट हो ।

झण्डै ५ किलोमिटर सडकमा दैनिक रुपमा यात्रुलाई लिएर आवतजावत गर्ने उनी कुनै रिजर्भ आएमा विराटनगरसम्म पनि पुग्छन् ।

उनले सफारी चलाउन थालेको झण्डै ६ वर्ष बितिसकेको छ । सुरुवाती दिनमा कतिपयले नौलो मानेर पनि हर्थे उनलाई ।

अहिले भने उनी सबैका लागि ‘सामान्य व्यक्ति’जस्तै भइसकेका छन् । अहिले उनले सफारी परिवारको समेत जीविकोपार्जन गरिरहेका छन् । सिटी सफारी चलाएर मासिक २० हजार कमाउँछन उनी । ‘घर खर्च राम्रै चलेको छ,’ उनले भने, ‘छोरीलाई पढाइरहेको छु ।’

आफुजस्तै अपाङ्गहरुलाई प्रशिक्षण दिन्छन्

विगत ६ वर्षदेखि सिटी सफारी चलाइरहेका दंगबहादुरले आफुजस्तै व्यक्तिहरुका लागि सवारी प्रशिक्षण समेत दिइरहेका छन् ।

‘शारीरिक रुपमा अशक्त ४ जनालाई मैले सिटी सफारी गुडाउन सिकाएँ’ खुसी हुँदै उनी भन्छन्, ‘एएटै रुटमा ५ जना भइसक्यौं अपाङ्गता व्यक्तिहरु ।’

‘शारीरिक रुपमा अशक्त तथा अपाङ्गता हुँदैमा भविष्य बिग्रियो भन्ने नसोच्नुस्’ अन्तमा उनले भने ‘असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ, व्यवहारमा उतार्न सकिन्छ ।’

झापाका लंकले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङमार्फत सम्मान पनि थापेका छन् ।

अपाङ्ग भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवसका अवसरमा समाज कल्याण परिषद र राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा भएको कार्यक्रममा मंगलवार लंक पुरस्कृत भएका हुन् ।

ह्विचियरको माध्यमबाट पहड्ने लंकले वाइरिङका क्षेत्रमा र सवारी चालकका रुपमा काम गरिरहेको भन्दै उनलाई सम्मान गरिएको हो ।

सम्मान पछि आफूलाई थप सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको लंकको भनाइ छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ४१ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र