‘सयकडा दश’ हेरेपछि मन्त्री लालबाबुको प्रतिक्रिया – भ्रष्टाचार सरकारी कर्मचारीमा मात्र छैन « Khabarhub

‘सयकडा दश’ हेरेपछि मन्त्री लालबाबुको प्रतिक्रिया – भ्रष्टाचार सरकारी कर्मचारीमा मात्र छैन


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला हलमा चलेको फिल्म ‘सयकडा दश’ हेरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फिल्मले भ्रष्टाचारको मुद्दालाई उठाए पनि भ्रष्टाचारले देश मात्र नभएर परिवार समेत समाप्त हुने सन्देश दिएको बताएका छन् । काठमाडौंमा बिहीवार फिल्म निर्माण टिमले राखेको विशेष शोमा फिल्मले भ्रष्टाचारको मुद्दालाई गतिलोसँग उठाएको धारणा राखे ।

‘हाम्रो देशमा भ्रष्टाचारको रोगले क्यान्सरले भन्दा ठूलो रोगले गालेको छ, सबैभन्दा ठूलो कुरा त हामी वंशानुगत गुणबाट आफ्ना लागि मात्र नभएर छोरा, नाति र पनातिका लागि पनि मैले केही गरिदिनुपर्छ भन्ने सोचका कारण यस्तो अवस्था आएको हो’, मन्त्री पण्डितले भने, ‘फिल्म सन्देशमूलक लाग्यो तर हामीले देशमा सबै कर्मचारी भ्रष्ट छन् भन्ने सोच्नु हुँदैन ।’

साथै उनले सरकारी कर्मचारीले मात्र नभएर यहाँ अरुले पनि भ्रष्ट्राचार गरिरहेको बताए । उनले भने, ‘यहाँ अरुले पनि भ्रष्टाचार गरिरहेका छन्, चामलमा ढुंगा मिसाएर बेच्ने पनि भ्रष्टाचारी नै हुन् ।’

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको यो फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, सोनिया राई, रवि डंगोल लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अघिकारीको सम्पादन त्यस्तै रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जिव न्यौपानेको लगानी छ ।

दर्शकले भने यो फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ४ : ०० बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड