घाइतेको उपचारमा कुनै सम्झौता हुँदैन : मुख्यमन्त्री राउत « Khabarhub

घाइतेको उपचारमा कुनै सम्झौता हुँदैन : मुख्यमन्त्री राउत


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौंमा आज भएको विशेष पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले हावा–हुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचार तथा पीडितहरुको पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको बताएका हुन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले नेपालकै इतिहासमै यस्तो घटना कहिल्यै नदेखिएको बताउँदै यो दुःखद् घडीमा सहयोगी हातहरुको खाँचो रहेको बताए । उनले स्थानीय नेता, गाउँपालिकाका प्रमुख, प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरु पीडितहरुको उद्दार तथा राहतमा कटिवद्ध भइरहेको जानकारी गराउँदै केन्द्र सरकारले गरेको कामको  प्रशंसा गरे । केन्द्र सरकारले ज्यान गुमाउनेहरुका पीडित प्रत्येक परिवालाई तीन–तीन लाख दिने सरकारी निर्णय सह्रानीय रहेको बताए ।

‘हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा प्रदेश सरकार गम्भीर बनेको छ, पीडितलाई कुनै पनि किसिमले दुःख हुनुहुँदैन, उपचार र राहात तथा पुनर्वासका लागि प्रदेश सरकारले तदारुकता देखाइरहेको छ’ मुख्यमन्त्री राउतले भने, ‘ यो दुःखद्को घडीमा सबैको सयोग चाहिन्छ, नियम कानून नमिल्न सक्छ, तर जिम्मेवार संघसंस्थाले आ–आफ्नो क्षेत्रमाबाट जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्छ । घाइतेहरुको उपचारका लागि काठमाडौंका जुनसुकै अस्पताल ल्याउनुपर्छ भने पनि हामी तयार छौं । जहाज पनि तयारी अवस्थामा छ ।’

उनले आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले राहत र खाद्यान्नको व्यवस्था मिलाइरहेको भन्दै सोही समितिले दिएको सुझावका आधारमा प्रभावितलाई पुनर्बासको व्यवस्था गरिने बताए । प्रदेश सरकारले समितिको सिफारिसका आधारमा प्रभावितका लागि स्थायी बसोबासका लागि घर बनाइ दिने पनि जानकारी दिए ।

उनले प्राकृतिको कहरमा परेर ज्यान गुमाएकाहरुलाई फर्काउन नसके पनि घरमा रहेकाहरुको पीडामा मल्हम लगाउन प्रदेश सरकार जिम्मेबार रहने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : १९ बजे

दोर्दीमा जलविद्युत आयोजनासँगै रोजगारीको अवसर 

लमजुङ – दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका

भक्तपुरमा ख्वप फुटसल टुर्नामेन्ट २०७९ हुने

भक्तपुर– भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ

बालुवाटारमा गठबन्धनको बैठक जारी, सिट बाँडफाँड टुंग्याउने प्रयास 

काठमाडौँ–  सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित

अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै 

काठमाडौं– अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो

रवीन्द्र मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने

काठमाडौँ– विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र